काठमाडौँ / दोर्दी खोला जलविद्युतको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपिओ जारी गरेको थियो ।

आइपिओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो । जसमा (५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र (३ प्रतिशत) ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

OM Sai Pathibhara Hospital

सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युतको आइपिओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।