काठमाडौं  / सेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।

साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधा दिन अर्थात् (११ बजेदेखि १ बजेसम्म) मा मात्र सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अहिले सातामा ५ दिन (सोमबार–शुक्रबार) बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर बजार खुल्दै आएको छ । जेठअघि आइतबारदेखि बिहीबारसम्म बजार खुल्दै आएको थियो । 

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेसँगै जेठदेखि सोमबारदेखि शुक्रबारसम्म खुल्दै आएको छ । सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबारसम्म बजार खुल्ने भएको हो ।