काठमाडौँ / ‘कबड्डी ४’ ले हाल सम्ममा सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन हो । आइतबारको विवरण आउन बाँकी छ ।

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो ।