काठमाडौं / गायिका इन्दिरा जोशीले फेसन डिजाइनर प्रेमी शरद केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । 

इन्दिरा र शरदको विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । उनीहरूले मेहन्दी उत्सव भने गरिसकेका छन् ।