काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ।

OM Sai Pathibhara Hospital

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्री दर १५३ पैयाँ ७५ पैसा र स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १२६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ १९ पैसा, बिक्री दर ९७ रुपैयाँ ६६ पैसा, जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा छ भने चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ५२ पैसा र बिक्री दर १८ रुपैयाँ ६१ पैसा रहेको छ।

साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।