काठमाडौं / आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार ९९ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा झरेको हो । 

OM Sai Pathibhara Hospital

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८६५.५० डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतिऔंस २१.६९ डलर छ ।