झापा / घटेको एक साता नपुग्दै सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । 

यातायात व्यवस्था विभागले इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको हो । 

OM Sai Pathibhara Hospital

विभागले यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढाएको छ । 

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल लिटरको ८ रुपैयाँ र डिजल १२ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।

मूल्य बढेसँगै पेट्रोल १७८ रुपैयाँ लिटर र डिजल १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस अघि निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि जेठ २० गतेदेखि यात्रुवाहक सवारीसाधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटाएको थियो।

बढेको भाडा दुई वा सो भन्दा बढी  प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ। स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ। 

विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । 

यस्तो छ पछिल्लो भाडादर