झापा / दोर्दी खोला जलविद्युत कम्पनीले आज (बिहीबार)देखि सर्वसाधारणमा लागि आईपीओ बिक्री खुलाएको छ। 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।

OM Sai Pathibhara Hospital

निष्कासन हुने कुल सेयरमध्ये ६५ हजार ८६५ कित्ता सेयर (३ प्रतिशत) कम्पनीका कर्मचारीहरूका लागि र १ लाख ९ हजार ७७५ कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा जेठ ३१ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ९ गतेसम्म आवेदन दिन पाइने छ ।

यस कम्पनीले साबिक ढोडेनी, फलेनी र बन्सार गाविस, हाल दोर्दी गाउँपालिका दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजना लमजुङ जिल्लामा स्थापना भएको छ। 

कम्पनीले आयोजनको कुल अनुमानित लागत २ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ तोकेको छ। यस्तै, आयोजनाको जडित क्षमता १२ मेगावाट हुनेछ।