झापा / नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

OM Sai Pathibhara Hospital

यससँगै छापावाल सुनको भाउ ९७ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ। 

शुक्रबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।