झापा / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बिहीबार) प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य नौ सय रुपैयाँले बढेर ९८ हजार ५०० पुगेको छ । 

OM Sai Pathibhara Hospital

आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार १०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार २९० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ ।