बिर्तामोड / आगामी आर्थिक वर्ष २०७९८० को संघीय सरकारको बजेटमा झापाका १५ पालिकाका लागि कूल ७ अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ ।

जसमध्ये सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाकाले पाएको छ भने सबै थोरै बजेट हल्दिबारी गाउँपालिकाले पाएको छ । 

OM Sai Pathibhara Hospital

मेचीनगरले विभिन्न शीर्षकमा कूल ८३ करोड ५८ लाख बजेट प्राप्त गर्दा हल्दिबारीका लागि ३० करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

यस्तै दोस्रोमा सबैभन्दा धेरै दमक नगरपालिका र तेस्रोमा बिर्तामोड नगरपालिकाको लागि बजेट विनियोजन भएको छ । दमकको लागि ७१ करोड ५१ लाख र बिर्तामोडको लागि ७० करोड ७९ लाख विनियोजन भएको हो । 

त्यसैगरी गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख, कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख, भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै गाउँपलिकाहरूमा कचनकवलका लागि ३८ करोड ३६ लाख, कमलका लागि ४७ करोड २४ लाख , गौरीगञ्जका लागि ३२ करोड ६९ लाख,  झापाका लागि ३७ करोड ६ लाख, बाह्रदशीका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।