काठमाडौं / मिस नेपाल २०२२ मा प्रतिष्पर्धामा रहेका २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर रहेका छन् ।

मिस नेपालको आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

अन्तिम शीर्ष २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरीका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गङ्गा गुरुङ चिकित्सक रहेका छन् । 

उनीहरूलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । मिस नेपालको ग्रान्ड फिनाइल असार ४ गते ललितपुरको गोदावरीमा हुने भएको छ ।