काठमाडौं /  नायिका मिरुना  मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ रिहा भएका छन् । चौतर्फी दबाबका बीच लामामाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई तामाङले ब्याड टच गरेको आरोप मिरुनाले लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ- संस्थाबीच छलफल गराएको थियो । त्यसपछि दुवै पक्ष समझदारीमा पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले पुष्टि गरे ।