काठमाडौं / नेपाली फिल्म ‘कबड्डी –४’ की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ । 

मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै मंगलबार चावहिलस्थित केएल टावर अगाडि फिल्म ‘कबड्डी–४’ विरुद्ध प्रदर्शन गरिएको हो ।

OM Sai Pathibhara Hospital

कबड्डी–४ फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका –२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो ।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।