काठमाडौँ / अहिले हालमा चलिरहेको कबड्डी - ४ की अभिनेत्री मिरुना मगरको विरुद्धमा काठमाडौंको चाबहिलस्थित केएल टावर अगाडि विरोध प्रर्दशनी भइरहेको छ । गत आइतबार आफूमाथि हिंसा भएको भन्दै लामाको भेषका एक दर्शकलाई आरोप लगाइन् । 

कबड्डी - ४ को प्रतिक्रिया लिन काठमाडौंको सिभिल मलमा पुगेकी मिरुनाले भीडमा दर्शकले आफ्नो संवेदनशील अङ्गमा छोएको भन्दै झापड हानिन् ।  

OM Sai Pathibhara Hospital

लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई मिरुनाले झापड हानेपछि प्रहरीको जिम्मा लगाइन् । अहिले फुर्वा प्रहरीको हिरासतमा छन् । 
मिरुनाको यो कदमपछि सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ । एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत गलत हुनै नसक्ने अडान लिइरहेका छन् । फिल्म उद्योगकै धेरैले मिरुनाले गल्ती गरेको भन्दै माफी माग्नु पर्ने बताइरहेका छन्। 
यसैबीच मिरुनाको उक्त कदमविरुद्ध सडकमा प्रदर्शन सुरु भएको छ । प्रर्दशनकारीले कबड्डी- ४ प्रदर्शन रोक्न माग गरिरहेका छन् ।
प्रर्दशनीमा सहभागीहरूले लामालाई रिहा गर्न माग गरेका छन् । आन्दोलित केहीले फिल्मको पोस्टरसमेत जलाएका छन् । 
उनीहरूले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन् । 
मिरुनाले झापड हानेपछि लामाले अन्जानमा छोइएको भनेर उनीसँग भिडमै माफी मागेका थिए। प्रहरी हिरासतमा पनि उनले नियतवश नछोएको बताएका छन् ।