काठमाडौँ /  ' मिस नेपाल- २०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमका बीच फाइनल २४ युवती सार्वजनिक गरेको हो । प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतियोगीलाई स्यास लगाइदिएका थिए ।

प्रतियोगिताको फाइनल  असार ४ मा आयोजना हुँदैछ । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गङ्गा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरीका बाँस्कोटा, न्यान्सी खड्का, प्रियङ्का रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।