काठमाडौं / कबड्डी- ४ की नायिका मिरुना मगरले एक दर्शकलाई गालामा झापड  हानेकी छिन् । उनले तामाङ थरका ती दर्शकले आफूलाई नियतबस पिठ्यूमा छोएको भन्दै  झापड हानेकी छिन् । कबड्डी ४ अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेको  छ ।  मिरुनाले ती दर्शकले आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् ।

 सिभिल मलको सातौँ तल्लामा रहेको कफी सपमा हिजो दिउँसो अढाइ बजे सो घटना भएको थियो । त्यसपछि तामाङले सबैको अगाडि माफी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।