धरान / बलात्कारको आरोप लागेका धरानको ब्लूमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । 

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल ३६ वर्षीय राजकुमार खड्कालाई सीआईबीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए ।

खड्काले १३ साउन २०७४ मा ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको आरोप लागेको छ । 

बलात्कार गरेको कुरा कसैलाई सुनाए स्कुलबाट रेष्टिकेट गरिदिने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिई जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।