काठमाडौँ /  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सबै विद्यालयमा पुर्याउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । 

उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिइन् ।

बैठकमा समिति सदस्य योगेश भट्टराईले शैक्षिक सत्र सुरु हुने भन्दा निकै अगाडी देखि नै पाठ्यपुस्तक छपाईको काम सुरु गर्नुपर्ने सुझाव दिए । हरेक वर्ष पाठ्यपुस्तक अभावको समस्या समाधानको दिर्घकालिन समाधान खोज्नुपर्ने उनको भनाई छ ।

त्यस्तै समिति सदस्य चित्रलेखा यादवले पाठ्यपुस्तक अभावका कारण सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तरमा समेत असर पर्ने धारणा राखे ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागजको समस्या कारण नै समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका भन्दै यसको समाधानमा मन्त्रालय लागिरहेको जानकारी दिए ।