झापा / शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ ।

आयोगले सोमबार सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर १४ सम्म आवेदन दिन सकिने छ ।

OM Sai Pathibhara Hospital

अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धांक पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

आयोगले सूचनामा परीक्षा साउन २८ गते बिहान ८ बजे तोकेको छ ।