तनहुँ / बन्दीपुरमा मौन अवधिको समयमा बाँड्न लागिएको चामल प्रहरीले बरामद गरेको छ । बन्दीपुर-५ मा बुधबार राति बाँड्ने तयारी गरिरहेको समयमा ५० बोरा चामल प्रहरीले बरामद गरेको हो ।

स्थानीय भुजेल बस्तीलाई बाँड्ने तयारी गरिरहेको लागेको माओवादीको युवा संगठन वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई जानकारी गराएको थियो ।

OM Sai Pathibhara Hospital

चामल बाँड्न लागेको सूचना पाएपछि यम्पा पुगेको प्रहरी टालीले चामल बरामद गरेको थियो । चामल कुन पार्टी वा समूहले बाँड्न लागेको भन्ने तथ्य नखुलेको प्रहरीले जनाएको छ ।