काठमाडौं / फिल्म छायाङ्कनमा जाने टुंगो नलाग्दै निर्माताले ‘सत्यम् : राइजिङ अफ द हिरोज्’ को शीर्ष गीत सार्वजनिक गरेका छन् ।

राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट मंगलबार रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत रहेको छ ।  राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट गीतमा अभिनेता हमलालाई मात्र फिचर्ड गरिएको छ ।