काठमाडौं / आगामी भदौदेखि छायांकन सुरु हुने नाइँ नभन्नु ल ६ को मुख्य भूमिकामा अभिनेत्री आँचल शर्मा र अभिनेता आशीर्वाद बराल रहने भएका छन् । फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको जानकारी निर्देशक विकास आचार्यले दिए ।

 निर्देशक तथा निर्माता आचार्यले अहिले फिल्मको पटकथा लेखिरहेका छन् । प्रेमकथा र बालमनोविज्ञानमा निर्माण भएका अघिल्ला पाँचै सिरिजले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । ‘सलोनजीले खेल्ने वा नखेल्ने टुंगो छैन । अहिलेसम्म आशीर्वाद र आँचल नै फाइनल हुनुभएको छ,’ आचार्यले  भने ।