बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ३५५ औ पि टि सि र ४८६ औ बि टि सि तालिम सम्पन्न भएको छ । नेपाल स्काउट बुद्धशान्ति तदर्थ समितिले आयोजना गरेको स्काउट आधारभूत तालिम बिहीबार बुद्धशान्तिको गडीगाउँ मा बि मा सम्पन्न भएको हो ।
बुद्धशान्ति तदर्थ समितिका संयोजक मन्जिल पाठकको अध्यक्षता भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख श्री कमल निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । २१ जना महिला तथा २० जना पुरुष गरि जम्मा ४१ जना दीक्षित भएको बुद्धशान्ति तदर्थ समिति संयोजक पाठकले बताएका छन् ।

तालिममा राष्ट्रिय प्रशिक्षक गङ्गाराम राई र स्काउटर शिवानी देवानले प्रशिक्षण गराएका थिए । बुद्धशान्ति गाउँपालिकाको सहयोगमा सञ्चालित तालिममा कार्यक्रममा प्रदेश तदर्थ समिति सदस्य श्री केसी श्रेष्ठ , स्काउट लिडरहरु श्री शिव बहादुर पौडेल, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत श्री नवराज घिमिरे , लगायत विभिन्न स्थानीय तदर्थ समितिका संयोजकहरु एवं पदाधिकारीहरू, नगर शिक्षा शाखा प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, प्रदेश स्काउट कार्यालयका प्रदेश सहायक श्री कुशेश्वोर रोय, रोभर र रेन्जरहरु एवं सहभागीहरूको उपस्थिति रहेको थियो ।