काठमाडौँ / भारतका चर्चित बलिउड अभिनेता सोनु सुदले विरगञ्जकी मुस्कान कर्णको पढाइको जिम्मेवारी लिएका छन् । वीरगञ्जको साउथ जोन पब्लिक स्कुलमा अध्ययनरत कर्णको पढाइको जिम्मेवारी अभिनेता सुदले लिएका हुन् । 

सूद फाउण्डेसनको माध्यमबाट सोनु सूदले मुस्कानको पूरा जीवनको शिक्षाको जिम्मेवारी सम्हालेको सूदले ट्वीटरमार्फत जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

सूदले भनेका छन्, सबै नेपालीलाई भनिदिनु, अब तिम्रो पूरा जीवनको शिक्षाको व्यवस्थापन भयो ।’ सो भिडियोमा मुस्कानले सूदलाई धन्यवाद भनेकी छन् ।