झापा / शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।

आयोगले एक हजार पाँच सय ४७ दरबन्दी पूर्ति गर्नका लागि सामान्य परीक्षा सञ्चालन गरेको थियो । सोही परीक्षाको नतिजा आयोगले प्रकाशित गरेको हो । 

OM Sai Pathibhara Hospital

सामान्य परीक्षामा उत्तीर्ण परीक्षार्थीको विषयगत परीक्षा आगामी असार ९ गते हुने शिक्षक सेवा आयोगले जनाएको छ । 

आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि प्रदेश नं. १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रूपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने छ ।