काठमाडौं / अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्काले पनि सत्तारुढ दलका रुपमा रहेको काँग्रेस प्रवेश गरेका छन् । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रम मार्फत  केसी र खड्काले काँग्रेस प्रवेश गरेका हुन् । 

OM Sai Pathibhara Hospital

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पनि काँग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई अभिनेता निर शाह लगायतले कांग्रेसमा प्रवेश गराउनका लागि लागि पहल गरेको जनाइएको छ ।

एमालेमा संलग्न रहेका अभिनेता केसी निष्क्रिय जस्तै देखिएपछि अहिले भने उनले काँग्रेस प्रवेश गरेका छन् । 

स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारे पनि पछि उनले अस्वीकार गरेका थिए । 

त्यस्तै , खड्काले भने दलीय राजनीतिमा खुलाएकी थिइनन् भने पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।