तनहुँ / नाबालिका बलात्कार गरेको आरोपमा कारागारमा रहेका अभिनेता पल शाहलाई भेट्न गायक दुर्गेश थापा कारागार कार्यलय तनहुँ पुगेका छन् । 

यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेश सहित केही साथीले फसाएको बताएका थिए ।

OM Sai Pathibhara Hospital

तर, दुर्गेशले बारम्बार आफ्नो यसमा केही भूमिका नभएको र आफूले कसैलाई नउस्काएको बताएका छन् । उनले अदालतमा पललाई सहयोग हुने गरि बयान पनि दिएका थिए । दुर्गेशले सपरिवार गएर पल शाहलाई भेट्का हुन् ।