काठमाडौँ / पछिल्लो समयकी लोकप्रिय गायिका मानिएकी रचना रिमालले अब फिल्मका गीतहरूमा स्वर दिने भएकी छिन् । लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’मा रचनाको स्वर रहने भएको छ ।

दुई वर्षको छोटो अवधिमा १ हजार बढी गीतमा गुञ्जिएको उनको स्वर अब फिल्ममा समेत गुञ्जिने भएको हो । 
रचनाले ‘धुर्मुस–सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’मार्फत पाश्र्व गायनको यात्रा शुरु गरेकी हुन् । यद्यपि, यो फिल्म हलमा रिलिज नभएर ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ । 

OM Sai Pathibhara Hospital


‘यी फिल्मका लागि गीत गाईसकेकी छु,’ रचनाले भनिन् ‘अर्को एउटा फिल्मको गीत पनि गाईसकेकी छु । अन्य फिल्मका लागि पनि कुरा भइरहेको छ । यद्यपि, तय भएको छैन् ।’ फिल्मका लागि गीत गाउन पाउँदा खुशी लागेको उनले बताएकी छिन् ।