झापा / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न भन्दै १२ जना शिक्षकहरूले पदबाट राजीनामा दिएका छन् ।

राजिनामा दिने मध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरूले राजीनामा दिएर उम्मेदवार बनेका हुन् । 

त्यस्तै खोटाङमा पनि २५ चैतयता सात जना शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जानकारी दिएको छ । 

इकाई प्रमुख सेमन्त गौतमका अनुसार उनीहरूले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । राजिनामा दिने मध्ये केही स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् । 

मोरङमा पनि सात जना शिक्षकले राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । 

इकाई प्रमुख टंकप्रसाद गौतमका अनुसार तीन जना स्थायी शिक्षक, तीन चार जना राहत शिक्षकले राजीनामा दिएर उम्मेदवार बनेका छन् ।

शिक्षकबाट राजीनामा दिएका ६ जना वडाध्यक्ष र एक जना वडा सदस्यमा उम्मेदवार बनेको जानकारी पाएको उनले बताए । अघिल्लो स्थानीय तहको चुनावमा निर्वाचित पूर्व शिक्षकले राम्रो काम गरेकाले राजनीतिक दलहरूले शिक्षकलाई उम्मेदवार रोज्न थालेको इकाई प्रमुख गौतमको भनाइ छ ।