काठमाडौं / त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे बिदा वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म बिदा दिएको छ ।

त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले २३ दिन बिदा दिएको हो ।

OM Sai Pathibhara Hospital

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे बिदा दिइने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।