झापा / कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थगित भएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगन गरिएको जानकारी दिएको हो।
स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगन गरिएको ईपीएसले जनाएको छ।







































