झापा / कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थगित भएको छ । 
वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगन गरिएको जानकारी दिएको हो।
स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगन गरिएको ईपीएसले जनाएको छ।
कोरियन भाषा परीक्षा सञ्चालनका लागि गत चैत १२, १४ र २१ गते आवेदन संकलन गरिएको थियो । 
सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जना कामदार लैजाने कोरियाको तयारी छ ।

                    
                                        
                                                                                                
        








        




























