काठमाडौं  / पूजा शर्मा र पल शाह अभिनीत म यस्तो गीत गाउँछु २ आगामी जेठ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन सुरु हुने भएको छ । 

सुदर्शन थापा निर्देशित अन्तर्राष्ट्रिय वितरणको जिम्मा नेपसिने कम्पनीले लिएको छ । निर्माताद्वय सुदर्शन थापा र पूजा शर्मासँग नेपसिनेका विधान कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

OM Sai Pathibhara Hospital

उत्तर अमेरिका सहितका मुलुकमा कम्पनीले लागत बाँडफाँडको मोडलमा वितरण अधिकार लिएको हो । जेठ दोस्रो सातादेखि अमेरिकासँगै विदेश प्रदर्शन सुरु हुने कार्कीले जानकारी दिए ।