काठमाडौँ / नायिका वर्षा सिवाकोटीले गुपचुप रुपमा विवाह गर्न लागेकी छिन् । हालै मात्र अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूले सानो जमघटमा उनले बिहे गर्न लागेको बताए ।

 वर्षाले अमेरिकामा बसोबास गर्दै आएका प्रेमीसँग विवाह गर्न लागेकी हुन् । वर्षाको प्रेमीको नाम भने सार्वजनिक गरिएको छैन् ।