काठमाडौं / वैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ फ्लप भएको सार्वजनिक भएसँगै यो विषय चर्चामा आएको छ । चर्चित कलाकार भुवन केसीका छोरा अनमोल केसी र अभिनेत्री झर्ना थापाकी छोरी सुहाना थापा अभिनीत सो चलचित्र फ्लप भएको विषय चलचित्र जगतमा चर्चामा आएको हो । 

सुनिलकुमार थापाले निर्माण गरेको सो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् । सर्वसाधारणमा चलचित्रको व्यापकता बढेपनि यसको व्यापार भने निराशजनक रहेको चलचित्रकर्मीले बताउँदै आएका छन् ।

OM Sai Pathibhara Hospital

नेपालमा एकै पटक प्रदर्शनमा आएको भारतीय चलचित्र केजीएफ टुले फेरी पनि नेपाली चलचित्रलाई पछाडि पारेको छ । नेपाली चलचित्रको व्यापकता भन्दा धेरै प्रख्यात भएको भारतीय चलचित्रले नेपाली चलचित्रलाई पछाडि पारेको विषय नँया भने होइन । नेपाली सिने जगतका हस्तीहरूले पनि ए मेरो हजुर ४ हेरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।