काठमाडौँ / नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केकी अधिकारी र हाम्रोबजार डटकमका सीईओ रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन् । काठमाडौँको धापासिस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार विवाह कार्यक्रम भएको हो ।

निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहन्दी उत्सव गरेका थिए । उनीहरूले बिहीबार गुपचुप विवाह गरेका हुन् ।