काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा आठ , दश र १२ का परीक्षामा आउने प्रश्नको प्रश्न बैंक तयार गर्ने भएपछि पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने भएको छ । पालिका र प्रदेशको प्रश्नपत्र समस्तर बनाउनका लागि पनि बोर्डले स्तरीकृत प्रश्नपत्रका तयार पार्ने भएपछि पुराना प्रश्न पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार विस्थापित हुने भएका हुन् । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्ने भएको छ । पालिका र प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्याउनका लागि बोर्डले बुधबार स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समावेश गर्ने निर्णय सार्वजनिक गरेको हो ।  

OM Sai Pathibhara Hospital

बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै प्रश्नपत्र तयार गर्ने भएको बताएका छन् । 

उनले पुराना प्रश्नपत्रको सँगालो विस्थापित गर्दै कम्तीमा पाँच वर्षसम्म प्रश्न दोहोरिन नदिने समेत बताएका छन् । 

बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र शैक्षिक सत्र २०८० बाट कक्षा १२ र कक्षा ८ मा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ ।