काठमाडौं / नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै विद्यालय तथा कलेजहरूले भर्ना शुल्क बढाएका छन् । 

कोरोनाका कारण दुई वर्षदेखि भर्ना र शैक्षिक शुल्क नबढाएको भन्दै विद्यालय तथा कलेजहरूले पाँच देखि सात प्रतिशतसम्म भर्ना शुल्क बढाएका हुन् । 

OM Sai Pathibhara Hospital

विद्यालय तथा कलेजहरूले हरेक दुई वर्षमा शुल्क बढाउने पाउने स्थानी शिक्षा ऐनमा उल्लेख छ ।

साेही अनुरूप यस वर्ष आफ्नो विद्यालयले कक्षा हेरी ५ देखि ७ प्रतिशतसम्म शुल्क बढाएको ललितपुरस्थित माछापुच्छ्रे स्कुलका प्रधानध्यापक सम्पूर्ण देवापाटेले बढाएको बताएका छन् । 

यस्तै, कीर्तिपुरको सौगात मन्टेश्वरीकी प्रधानध्यापक राज्य लक्ष्मी बैदरले कोरोनाको कारण दुई वर्ष शैक्षिक शुल्क नबढाएको बताउँदै यस वर्ष भर्ना शुल्कलाई यथावत राखेर एक हजार रुपैयाँले विद्यार्थीको मासिक शुल्क बढाएको बताइन् ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले पनि कलेजहरूमा यस वर्ष पाँचदेखि सात प्रतिशतले शुल्क बढाएको बताएका छन् । 

गोल्डेनगेट कलेजका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सिलवालले विभिन्न विषयलाई ध्यानमा राख्दै हिसानका कलेजहरूले ५ देखि ७ प्रतिशत शुल्क बढाएको बताए ।

महँगीमात्र नभएर विद्यार्थीहरू धेरै मात्रामा यस वर्ष विदेश गएको कारण ब्याचलर र मास्टर्स पढ्ने विद्यार्थीहरू कम भएकाले कलेजहरूले शुल्क केही बढाउनु परेको उनको भनाइ छ ।

काठमाडौं महानगरको शिक्षा विभागले हाल विद्यालयहरूको पूर्ण वर्गीकरणको लागि महानगर अन्तर्गतको सबै विद्यालयहरूलाई डाटा पेश गर्न निर्देशन दिइसकेको शाखा अधिकृत मोतीराज खनालले जानकारी दिए ।

खनालको अनुसार विभागले विद्यालयको वर्गीकरण गरिसकेपछि विद्यालयहरूले मासिक शुल्क बढाउन पाउनेछन् ।