काठमाडौं / यही वैशाख १७ गते हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । निर्वाचन आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागू हुन थालेकाले तत्काल परीक्षा सञ्चालन नगर्न भनेपछि परीक्षा स्थगित भएको हो । 

आयोगले स्थानीय सरकारको निर्वाचन सम्पन्न भएपछि मात्र परीक्षा सञ्चालन गर्न भन्सार विभागलाई निर्देशन दिँदै बिहीबार बिहान विभागमा पत्र पठाएको हो । । भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

OM Sai Pathibhara Hospital

आयोगले पठाएको पत्रमा स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू भएकाले निर्वाचन सम्पन्न नभएसम्म परीक्षा सञ्चालन नगर्न उल्लेख गरिएको छ ।