एजेन्सी / दक्षिण भारतीय चलचित्र केजीएफ- ले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गरेको छ । जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब १०० करोडको बजेटमा बनेको यस फिल्मको कूल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ ।

यो सँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशत भन्दा बढी कमाएको छ । फिल्ममा यश सञ्जय दत्त र रविना टण्डनले अभिनय गरेका छन्  । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ-२ ले उद्घाटन दिनमा नै ५३.९५ करोड रुपैयाँ सङ्कलन गरेको बताए ।  

OM Sai Pathibhara Hospital

केजीएफ२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।