एजेन्सी / बलिउड अभिनेता रणवीर कपुर र बलिउड अभिनेत्री आलिया भट्ट बिहीबार विवाह बन्धनमा बाँधिएका छन् ।  विवाह एक सामान्य तरिकाले सम्पन्न भएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।  

रणवीर कपूर मुम्बईको बान्द्राको पाली हिलमा रहेको वास्तु बिल्डिङको सातौँ तलामा बस्थे । आलिया भट्ट सोही भवनको ५ औं मञ्जिलमा भाडाको घरमा बस्थिन् । विवाहका सबै संस्कार सो घरमा भएको हो। बिहीबार बिहान हल्दी लगाउने दिउँसो ३ बजे विवाहको साइत थियो ।
 
विवाहमा करीना कपूर, सैफ अली खान, लव रञ्जन, राहुल भट्ट, शाहिना भट्ट, सोनी राजदान, पूजा भट्ट, राहुल भट्ट, रीमा जैन, उनका छोरा अरमान जैन र अम्बानी परिवारका आकाश र श्लोका लगायतको उपस्थित थियो ।

OM Sai Pathibhara Hospital