उर्लाबारी / मिस उर्लाबारी २०२२ को उपाधि मिक्लाजुङकी दिया दाहालले हात पारेकी छिन् । होटल ग्राण्डमा आयोजित कार्यक्रममा उनले उपाधिसँगै नगद ५० हजार र ट्रफी समेत जितेकी हुन् । त्यस्तै  ज्वाला लिम्बू फस्ट रनर अप र अंकिता कटुवाल सेकेन्ड रनरअप भएका छन्  । दुवैले क्रमशः नगद ३०, २० हजार प्राप्त गरेका छन् ।

१७ युवतीहरूले प्रतिस्पर्धा रहेको प्रतियोगिताको कोरियाग्राफी सविना पोदार र निर्णायकमा चलचित्र निर्देशक भीषण राई र स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुषा बस्नेत, मिस लिम्बू २०१७  कि फस्ट रनर अप सन्ध्या तुम्बाहाम्फे लगायत रहेका थिए ।

OM Sai Pathibhara Hospital