एजेन्सी  दक्षिण भारतीय चलचित्र केजीएफ च्याप्टर-२ अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको छ । यस चलचित्रले रिलिज अघि नै २५ करोडभन्दा बढीको प्रि-बुकिङ गरिसकेको चलचित्रले बक्स अफिसमा सुनामी ल्याउने चलचित्रकर्मीरूले अनुमान गरेका छन् । हिजो आजबाट नै आक्रामक रुपमा टिकट बुकिङ भइरहेकाले यसले थुप्रै कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।

२ साता अगि प्रर्दशनमा आएको दक्षिण भारतीय चलचित्र आरआरआरले जम्मा पाँच करोड भारुको मात्रै प्रि-बुकिङ गरेको थियो। प्रि-बुकिङमा ुकेजीएफ च्याप्टर-२ ले आरआरआरलाई पाँच गुणाले उछिनेको छ। त्यसले बक्स अफिस कलेक्सनमा पनि आरआरआरमाथि केजीएफ-२ हाबी हुने चलचित्र कमीहरूको दाबी रहेको छ ।