बिर्तामोड / शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ । कमेडी ड्रामा फिल्मलाई आउँदो वर्षको वैशाख २३ मा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।

किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो फिचर फिल्म निर्देशन हो।