बिर्तामोड  चलचित्र  ‘ए मेरो हजुर ४’मा समावेश  ‘तिमी र म’बोलको गीत सार्वजनिक भएको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको यो तेस्रो गीत हो । 

फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाको नृत्य रहेको उक्त गीतमा  प्रतीक पौडेलको शब्द तथा संगीत रहेको छ भने, उदयराज पौडेलको स्वर रहेको छ । गीतको ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् ।

OM Sai Pathibhara Hospital

अभिनेत्री झरना थापा निर्देशित तेस्रो फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।