एजेन्सी / बलिउड अभिनेत्री मलाइका अरोरा दुर्घटनामा परी अस्पताल भर्ना भएकी छन् । हिजो शनिवार मलाइकाको गाडी अन्य २ वटा गाडीसँग ठक्कर खाएर दुर्घटना भएको  हो । 

तीनवटा कार एकआपसमा ठोकिएर दुर्घटना हुँदा मलाइकालाई सामान्य चोटपटक लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मलाइकाको उपचार अपोलो अस्पतालमा भइरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

OM Sai Pathibhara Hospital