बिर्तामोड / गत साता शुक्रबारबाट प्रदर्शनमा आएको साउथ फिल्म आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । तर वितरक मनोज राठीका अनुसार फिल्मको लगानी भने उठेको छैन । राठीले फिल्मको लगानी गोप्य राख्दै भने फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।

अहिले पनि दर्शकको उपस्थिति उत्साहजनक नै छ । फिल्मको लगानी भने उठेको छैन । आज शुक्रबारबाट नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउँदा पनि हलमा ‘आरआरआर’ कै दबदबा छ । फिल्मले मल्टिप्लेक्सको चेन क्युएफएक्समा मात्रै ३१ शोज् पाएको छ । जहाँ ‘हेल्लो जिन्दगी’ले दुई शो पाएको छ ।