पोखरा / उच्च अदालत पोखराले  जिल्ला अदालत तनहुँको आदेशमा नाबालिकामाथि बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

जिल्ला अदालतको फैसला प्रति असन्तुष्टि जनाउँदै साधारण तारेखको माग सहित उच्च अदालत पुगेका शाहको मुद्दाका विषयमा सुनवाई गर्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आधार प्रमाणका लागि पेश गरिएका कागजातको प्रमाणित प्रतिलिपि पठाउन आदेश दिएको हो ।

OM Sai Pathibhara Hospital

तनहुँ जिल्ला अदालतले गत चैत १० मा पुर्पक्षका लागि शाहलाई थुनामा पठाउने आदेश  दिएको थियो ।

जिल्ला अदालतको आदेश प्रति असन्तुष्टि जनाउँदै अभिनेता शाहले उच्च अदालत पोखरामा दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले कैफियत प्रतिवेदन पठाउन आदेश दिएको हो ।