काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयका पदाधिकारी  विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले त्रिवि आयोगको कार्यालयका प्राध्यापक डा. टेकनाथ ढकाल, सहप्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसहित ६ जना पदाधिकारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा कुनै पनि परीक्षाको परिमाणमा फेरबदल गरेमा वा गर्न लगाइएमा त्यस्तो राष्ट्रसेवकलाई तिन महिना देखि एक वर्षसम्म कैद र पाँच हजार देखि दश हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरिएको छ । 

OM Sai Pathibhara Hospital

त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता गरेको पुष्टि भएकाले मागदाबी लिई उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।