झापा //झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लब रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई 'टाइब्रेकर'मा ४–३ ले हराउँदै गोर्खा ब्वाइज सेमिफाइनलमा पुगेको हो।  १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

OM Sai Pathibhara Hospital

टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे ।

दार्जिलिङ पुलिसका आशिष देवान र नेवास राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो ।

टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवस तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो ।

खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिएको थियो । आठौँ मिनेटमा गोर्खाका यानिकले गोल गरेका थिए । तत्कालै दार्जिलिङ पुलिसले गोल फर्कायो ।

a१३औँ मिनेटमा गोर्खा ब्वाइजका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत भाइचाङ राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

शनिबारको खेलको 'म्यान अफ द म्याच' गोर्खा ब्वाइजका अवाडे घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक मोहन मगरले जानकारी गराएका छन् ।